Thu. Nov 14th, 2019

झमकको जीवन काँडा कि फूल सिनेमामा

७ कार्तिक काठमाडौ –

चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट प्रदर्शनमा आउने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ दर्शकमाझ आउन लागेको हो ।

विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सहनिर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

२०७६ कार्तिक ७ गते प्रकाशित

Loading...