९ जेठ, धादिङ – भुकम्प पीडित गर्भवती र सुत्केरी महिलाहरुलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७२ जेठ ८ गते राहत वितरण गरेको छ ।
सुत्केरीहरुका लागि अत्इावस्यक हर्लिक्स, झलु, ग्लुकोज, ज्वानो, विस्कुट, डिटोल साबुन, टुथपेस्ट, ब्रस, ग्लास, लगायतका सामाग्ी रहेको सुत्केरी झोला वितरण गरिएको हो । इन्सेकका मध्यमाञ्चलका गणेश भण्डारी, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सहितले सो सामाग्री वितरण गरेका हुन् ।
चेपाङ र तामाङ समुदायका सुत्केरीहरु बच्चाबोकेर राहत लिन आएका थिए भने गर्भवतीहरु समेत चर्कोघाममा राहत लिन आएका थिए । गजुरी गाविस भित्रका ६० जनालाई सो राहत सामाग्री वितरण गरिएको इन्सेक मध्यमाञ्चलका गणेश भण्डारीले जानकारी दिए ।