Thu. Nov 14th, 2019

कलाकारको कस्तो भयो तिहार

१४ कार्तिक, काठमाडौ –

यस वर्षको तिहार सकिएको छ । देश विदेशमा रहेका नेपालीले आ(आफ्नै चलन अनुसार तिहार मनाए । यसै सन्दर्भमा नेपाली चर्चित कलाकाहरुको तिहार कस्तो रह्यो त

लक्ष्मीपूजाको दिन सिस्नुपानीको देउसीमै व्यस्त भएँ । भोलिपल्ट मात्र झापा ओर्लिएँ । काकाको घरमा भाइटीका मनाएँ । तामसी भोजन छाडेको तीनरचार वर्ष भइसक्यो तर तिहारको बेला, चिल्लोचाप्लो खान्कीबाट कसले रोक्नु रु त्यस हिसाबले यसपालिको तिहार ग्यास्ट्रिकपूर्ण भयो ।

म झापाको सुरुंगा आइपुग्दा सिस्नुपानीको देउसीको भिडियो छाइसकेको रहेछ यता पनि । यसपालि सी चिनफिङ र फेरी लाउने जोगी बनेको थिएँ । शुभचिन्तकहरूले सी चिनफिङ बन्न आग्रह गरे । मेकअपको कारण सम्भव भएन तर जोगीचाहिँ बनेँ । हातैले शंख बजाउन आउँछ मलाई । राति व्यंग्यात्मक मन्त्र भन्दै केही घरमा फेरी लाएँ । मान्छेहरू साँच्चिकै दान दिन आइपुगे । कति हाँस्नु ।

आफ्नो थातथलो आएपछि केही सामाजिक दायित्वले थिची नै हाल्छ । टोलछिमेकका भाइबहिनीसित सामाजिक उद्देश्यसहित देउसी खेलें । पर्यटन प्रवर्द्धनको ध्येयले हल्दीबारीमा कार्यक्रम थियो, भाइटीकाको भोलिपल्ट सहभागी भएर आफ्नो प्रस्तुति दिएँ । फुर्सदको बेला मोबाइलमै वानमेन कलब्रेक खेलें । मलाई आउने भनेकै जुटपत्ती र कलब्रेक हो । जुटपत्ती खेल्न साथी थिएनन् । वानमेन सो दिएँ मोबाइलमै । अर्को महत्त्वपूर्ण कुराचाहिँ मोबाइलबाटै सद्गुरुको इनर इन्जिनियरिङ ध्यान कोर्स गरें ।

२०७६ कार्तिक १४ गते प्रकाशित

Loading...