९ जेठ, धादिङ- १२ गतेको महाभुकम्पले गाउँमा बस्न सक्ने अवस्था भएन । गाउँ कहाली लाग्दो खण्डहर भयो । कुनैपनि घर भन्ने ठाउँ समेत छैन । एक मिनेटसम्म आएको भुकम्पले गर्दा घरहरु लडेलगत्तै गाउँमाथीबाट पहिरो आयो । गाउँ तल पनि पहिरो गयो । गाउँबाट सदरमुकम लगायतका स्थानमा जाने एक मात्र बाटो पनि पहिरो आएर छेकिएको छ । विरामी नभएको मानिसलाई भुकम्पले गर्दा क्षतिग्रस्त बनाएको गाउँ हेर्दैमा विरामी पर्ने अवस्था देखिन्छ । आगामी वर्षमा नयाँ योजना ल्याएर गाउँमाथी जाने केबुलकार नाउने सपना बोकेको तेनचेत एक मिनेटमै सखाप भएपछि सबै सपनाहरु एकाएक हरायो । सपना जस्तै उडेर गयो ।
उत्तर धादिङको लापा गाविस–२ तेनचेत, तेङचेत, चपाङचेतखाली गाउँको रुपमा चिनिँदै गरेको रामीजोङ तामाङको भनाइ छ । गाउँ छाडेर दुई लालाबाला सहित नीलकण्ठ नगरपालिका–१२ स्थित साङकोषको एउटा त्रिपाल मुनी बच्चा राखेर बसेको अवस्थामा उनले आफ्नो बच्चाको भविश्यप्रति चिन्ता गर्दै ‘अब कसरी बाँच्ने होला रु’ भन्ने चिन्ता व्यक्त गरिन् । उनको श्रमिानको मृतयुभएपछि उनको परिवारमा कमाएर खुवाउने गुमाउनु पर्दाको पिडा थपिएको छ ।
रामीजोङमात्र होइन आमा गुमाएका ६ वर्षीया सिलमायँ र ४ वर्षीय युएल तामाङको समस्या चाही कसरी अघि बढ्ला भन्ने चिन्ता सबैलाई छ ।
उत्तरको लापा गाविसको तेनचेत लागत गाउँका ७४ घर सदरमुकाम नजिकै विस्थापित भएर आइपुगेका छन् । साँङकोषमा आएका उनिहरु एकै स्थानमा त्रिपाल हालेर बसीरहेको साङोषका कृष्ण शिशिरले जानकारी दिए ।
गाउँका १० जनाले ज्यान गुमाए । पशु कति मरे कसैले पनि भन्न सकेको छैन । अहिले गाउँमा दुगन्ध फैलिएको छ । खानेकुरा झिक्न नसकेर सबै उम्रिएका छन् । केही बुढापाका भन्दा बाहेक सबै गाउँमा बस्ननसक्ने अवस्था आएपछि विस्थापित भएको स्थानीइ सामाजिक कार्यकर्ता समेत रहेका जिवन तामाङले बताउनुभयो । उनको घर कहाँनेर छ भन्ने समेत पत्तो नलाग्नेगरि पहिरोले पुरिएको छ तर उनि आफैँ अरुका लागि राहत वितरण व्यवस्थित गर्नका लागि दिनरात खटिएर हिडेका छन् ।
विस्थापित बसेको क्षेत्रमा पनि स्वास्थ्य र सरसफाइ तथा सुरक्षाको चिन्ता बढेको छ । सो स्थानमा सहयात्री समाजले स्नेह केन्द्र संचालन गरेको छ भने युनिसेफको सहयोगमा सहयात्री समाज नेपालले बालबालिकाका लागि बालमैत्री सुरक्षित स्थान संचालन गरेको सहयात्री समाजकी राधिका सापकोटाले जानकारी दिइन् । सो स्थानमा १ सय १७ बालबालिका रहेका छन् ।
आमा गुमाएरका र बाबु मजदुरीमा गएका बालकलाई उनकी हजुरआमाले बोकेर लिएर खेलाउँदै कहिले किनेको दुध खुवाउँदै गरेको कारुणिक दृश्य समेत विस्थापितको ििवरमा देखिएको थियो ।
गाउँमा बस्न नसक्ने भएकोले पुनरबासको लागि आफूहरुलाई छाना र खाना उपलब्ध गराउन माग गर्दै गाउँबाट सबै मानिस सदररमुकाम क्षेत्रमा आएको उनिहरुको भनाइ छ ।
सीताराम अधिकारी ९फोटो फिचर साथमा छ ०