Thu. Nov 14th, 2019

धादिङको मलेखुबाट लागु औषधसहित दुईजना पक्राउ

??


२० कात्तिक, धादिङ –


धादिङ प्रहरीले लागु औषधसहित दुईजना पक्राउ गरेको छ । जिल्लाको गजुरी गाउँपालिका वडा नं २ मलेखुबाट मंगलबार साँझ पक्राउ गरिएको हो ।

लु ३३ प २७२५ नम्बरको मोटरसाइकलमा आएका युवाहरुको झोला चेकजाँच गर्ने क्रममा लागु औषध नाईट्रोसन १० लेखिएको ट्यावलेट २८८ पिस, बुप्रीननोर्फिन ५० यम्पुल, फेनेरागन ५० यम्पुल, डाईजेपाम ५० एम्पुल भेटिएको प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका वडा नं.७ बस्ने २८ वर्षीय सुर्य लामिछाने र लमजुङको सुन्दरबजार नगरपालिका वडा नं.८ बस्ने २८ वर्षीय आकास क्षेत्री रहेका छन् । लामिछानेले मोटरसाइकल चलाएका थिए भने पछाडी बसेका क्षेत्रीले झोलामा लागुऔषध बोकेका थिए ।

लागुऔषधसहित समातिएका दुवैजनालाई जिल्ला अदालतबाट १५ दिन म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०७६ कात्तिक् २० गते प्रकाशित

Loading...