Thu. Nov 14th, 2019

एमसीसी ३६४ मा अलआउट, नेपालको ब्याटिङ

{"caption":"u0924u094du0930u093fu0935u093f u092eu0948u0926u093eu0928u092eu093e u092cu0941u0927u092cu093eu0930 u090fu092eu0938u0940u0938u0940u0915u094b u0935u093fu0915u0947u091f u0932u093fu090fu092au091bu093f u0928u0947u092au093eu0932u0915u093e u0915u092au094du0924u093eu0928 u091cu094du091eu093eu0928u0947u0928u094du0926u094du0930 u092eu0932u094du0932 u0930 u0936u0930u0926 u092du0947u0937u093eu0935u0915u0930 u0916u0941u0938u0940 u0938u093eu091fu094du0926u0948u202fu0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

२१ कार्तिक, काठमाडौ –

नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको इंग्ल्सि टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ६५ रनमा अविजित रहे। करण केसीले ३ विकेट लिए। बिहानको सत्रमा पहिलो दुई विकेट पनि करण केसीले लिएका थिए। उनले एलेक्स थम्सनलाई ३० रनमा विकेटकिपर राजु रिजालबाट एक हाते उत्कृष्ट क्याच गराए भने एलेक्स स्पेन्सरलाई शुन्यमा एलबीडब्लु आउट गरे।

अघिल्लो दुई विकेट लिएका सन्दीप लामिछानेले क्रिस राइटलाई ४ रनमा एलबीडब्लु आउट गरे। ओलिभर हेनोन डल्बी १० रन बनाई करणको योर्कर बलमा बोल्ड भए। एमसीसी १ सय १ ओभर खेल्दै अलआउट भएको हो।

नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीबाट अघिल्लो दिन बिलि रोड्स ७३, माइल्स हेमोन्ड ५२ र विल भान्डेरस्पार ५३ रन बनाई आउट भएका थिए। एमसीसीसँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो।

२०७६ कार्तिक २१ गते प्रकाशित

Loading...