Thu. Nov 14th, 2019

आज हरिबोधनी एकादशी

२२ कार्तिक, धादिङ –


तुलसीको विवाह र विशेष पूजा गरी आज हरि बोधिनी एकादशी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरिन्छ ।

हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

२०७६ कार्तिक २२ गते प्रकाशित

Loading...