Thu. Nov 14th, 2019

नेपाललाई ३ सय ९३ रनको लक्ष्य

२२ कार्तिक, काठमाडौ –


मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई ३ सय ९३ रनको लक्ष्य दिएको छ । नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पुरा गर्नु पर्नेछ ।

त्रिवि मैदानमा बुधबार एमसीसीको विकेट लिएपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर खुसी साट्दै । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।

शुक्रबार तेस्रो दिनको खेलमा एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए ।

नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३,३ विकेट लिएका थिए । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।

२०७६ कार्तिक २२ गते प्रकाशित

Loading...