Thu. Nov 14th, 2019

लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न सिद्धलेकमा

२२ कार्तिक, धादिङ –

धादिङको सिद्धलेकमा सार्वजनिक सुनुवाई तथा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सिद्धलेक गाउँपलिका वडा नं। ४ स्थित गाउँपालिकाको कार्यालयमा सार्वजनिक सुनुवाई तथा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी स्थानीय तह र सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा हाल सम्म प्रहरीले धादिङमा गर्दै आएको कार्यक्रमहरुको विषयमा जनकारी गराईएको थियो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा समुदायमा हुने विभिन्न प्रकारको लैङ्गिक हिंसा न्युनिकरणको लागी प्रहरीले गर्दै आएका कार्यक्रमको बारेमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यक्रमको अवसरमा प्रहरी कार्यालय धादिङले स्थानिय स्तरमा हुने जुनकुनै लैङगिक हिसांको बारेमा प्रहरीलाई जानकारी गराउन स्थानीय बासीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी प्रमुख उपरिक्षक राजकुमार बैदवार,सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा ९अधिकारी०, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल,महिला अधिकारकर्मी र स्थानीय बासी लगायतको सहभागीता रहेको थियो ।

२०७६ कार्तिक २२ गते प्रकाशित

Loading...