Thu. Nov 14th, 2019

धादिङबेसीमा नेपाल विद्यार्थी संघद्धारा भारत विरुद्ध प्रदर्शन

२४ कार्तिक, धादिङ –

धादिङबेसीमा नेपाल विद्यार्थी संघले भारत विरुद्ध प्रदर्शन गरेको छ । नीलकण्ठ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु नेपालको झण्डा बोक्दै भारतले गरेको सिमा अतिक्रमण विरुद्ध नाराबाजि गदै सडकमा उत्रिएका थिए ।

नीलकण्ठ क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुस बीचबजार हुँदै पुछारबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै नेपाल विद्यार्थी संघका अध्यक्ष धादिङका अध्यक्ष इश्वर अधिकारीले नेपालको सिमा मिचेर भारतले नयाँ नक्शा सार्वजनिक गरी नेपाली राष्ट्रियता माथि आक्रमण गरेको बताए।
नेपाली भुमि फिर्ता गर्न सरकारले नेपाली भुमि रक्षाका लागि सरकारले भारत सँगको कुटनितिक छलफल गर्न ढिलाई गरेको भन्दै छिटो भन्दा छिटो निर्णायक भुमिका खेल्नु पर्ने बताए ।

अध्यक्ष अधिकारीले कुटनितिक पहल सँगै सिमानामा सेना परिचालन गर्नुपर्ने बताउँदैसिमा रक्षाको लागि सरकारले महत्वपूर्ण कदम चाल्नेमा आशङ्का रहेको समेत बताए ।

२०७६ कार्तिक २४ गते प्रकाशित

Loading...