Fri. Mar 29th, 2024

भारतको राजस्थानमा बस दुर्घटना १० जनाको मृत्यु, २२ घाइते

२ मंसिर, नयाँ दिल्ली –

नयाँ दिल्ली भारतको राजस्थानस्थित बिकानरमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

बिकानर जिल्लामा पर्ने राष्ट्रिय राजमार्गका दुंगरगरनजिकै सोमबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जना घाइतेलाई उपचारका लागि पिबिएम अस्पताल पुर्याइएको थियो । राजस्थान लोक परिवहन बस सेवा अन्तर्गतको यात्रुवाहक बस अर्को मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

२०७६ मंसिर २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: