Fri. Mar 29th, 2024

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

३ मंसिर, धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं. २ चालिसे स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगी बेपत्ता भएकाको शब फेला परेको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं। ५ कटुन्जे बस्ने ३७ वर्षीय विकल छवाले श्रेष्ठको शब प्रहरीले फेला पारेको हो । मंगलवार विहान पौडि खेलेको स्थान देखि १ किमी उत्तर तर्फ नदीको विचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिए ।

उदारका लागि प्रहरी टोली, नेपाली सेना, शसस्त्र प्रहरी सहितको टोलि खटिएका थिए । गत शनिवार पौडि खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका थिए ।

२०७६ मंसिर ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: