धादिङ – रोट्री क्लब अफ रुद्रमति बबरमहल काठमाडौँले भूकम्पपछि भत्किएका विद्यालय पूर्ननिर्माणका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
उत्तरी धादिङको मार्पाक गाँउ विकास समितिमा रहेको निरञ्जना उमावि र निमाचौक निमाविका लागि जस्तापाता, किला, टिन लगायतका सामाग्री वितरण गरिएको क्लबले जानकारी दिएको छ । त्यसैगरी धादिङ मलेखुका युवाहरु समेतले मार्पाकको वडा नं १ र २ मा रहेको १ सय ५० घरधुरीलाई राहत समेत वितरण गरिएको छ । मेडिकल आइटम, ब्लाङकेट, चिउरा, नुन, विस्कुट लगायतका सामग्री वितरण गरिएको किशोर त्रिपाठीले जानकारी दिनु भयो ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पले त्यहाँ रहेका घर तथा विद्यालयहरु पूर्ण रुपमा क्षति भइसकेपछि विदेशमा रहनु भएका रामेश्वर त्रिपाठी र उहाँको श्रीमती फ्लीयर त्रिपाठीले ३ लाख ५० हजार बराबरको सहयोग संस्था मार्फत विस्थापित क्षेत्रका लागि छुट्टाउनु भएको थियो ।