Fri. Mar 29th, 2024

मुआब्जा माग्दै जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना

६ मंसिर, धादिङ –


राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी आयोजना प्रभावित स्थानीयले जिल्ला प्रशासन कार्यलय घेराउ गरेका छन् । प्रभावित क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै शुक्रबार धर्ना दिएका हुन् । प्रदेश सभा सांसद जगत सिम्खडा, डां राजाराम कार्की, पूर्व सांसद, राजनैतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रभावित स्थानीयहरुको सहभागीता रहेको थियो ।

जग्गाको मुआब्जा नतोकिदा प्रभावित क्षेत्रमा पर्ने धादिङको आरुघाटको विशालनगर र खहरे, गोरखातर्फको आरुघाट र आर्खेतका स्थानीयहरु पीडित बनेका छन् । मुआब्जा नतोकेको भन्दै रुष्ट बनेका बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित स्थानीय र स्थानीय जनप्रतिनिधिले गोरखा र धादिङमा धर्ना कार्याक्रम गरेका हुन् ।

१२ सय मेगावर्टको जलविद्युत आयोजना निर्माणका लागि आरुघाट, खहरे र आर्खेत बाहेकका अन्य प्रभावित क्षेत्रलाई मुआब्जा निर्धारण गरि वितरण समेत गरिसकेको छ । आयोजना निर्माणका लागि ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाबाट गोरखाको साविक १४ र धादिङको १३ वटा गाविस प्रभावित हुनेछन् ।

सो जग्गाको मुआब्जा दिन ढिलाइ गर्ने र जग्गा पनि खरिद, बिक्री गर्न रोक्का हुँदा स्थानीय बासिन्दा मर्कामा छन् । डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजार तथा धादिङको आरुघाट र खहरे बजारको मुआब्जा निर्धारण हुन बाँकी छ । व्यापारिक बजार क्षेत्र भएका कारण पनि प्रभावितहरुले उचित रुपमा माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

२०७६ मंसिर ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: