Sat. Jul 20th, 2024

मलेसियाको एक कम्पनीबाट ३२ नेपाली पक्राउ

malesiya

१३ जेठ, मलेसिया –  मलेसियाको एक कम्पनीबाट ३२ जना नेपाली कामदार पक्राउ परेका छन् ।

मलेसियाली अध्यागमनले सोमबारअवैधानिक रुपमा काम गरिरहेको अवस्थामा ३२ जना नेपालीसहित ५४ जना आप्रवासी कामदारलाई पक्राउ गरेको समाचारसंस्था बर्नामाले उल्लेख गरेको छ ।

कुलिम हाइटेक पार्कमा अवस्थित उक्त कम्पनीबाट पक्राउ पर्नेमा १५ बंगलादेशी, २ इण्डोनेसियाली, चीन र म्यानमारका एकरएक गरि कूल ५४ जना गैरकानुनी हैसियतका आप्रवासी पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एक फ्रेन्च नागरिक पनि रहेको उल्लेख गरिएको छ । बैध कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: