Fri. Mar 29th, 2024

जलविद्युत्का समझदारी अघि बढाउन छलफल

९ मंसिर , काठमाडौ –

ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच सिंहदरबारमा आइतबार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राजदूतसँग भेटको क्रममा मन्त्री पुनले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ को निर्माण सकिएको र त्यसका लागि चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच एक वर्षभित्र ऊर्जा क्षेत्रमा सहकार्य विषयमा योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको स्मरण गराए ।

मन्त्री पुनले सुनकोसी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाउन चिनियाँ राजदूतको ध्यानाकर्षण गराए ।

भेटमा चिनियाँ राजदूत याङ्छीले चीन ऊर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखिन् । उनले चिनियाँ कामदारले व्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र बिजुलीको दररेटजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

२०७६ मंसिर ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: