Sat. Dec 14th, 2019

कांग्रेसका पूर्वसभापति खतिवडाको मृत्यु

११ मंसिर, सिन्धुली –

नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेका खतिवडालाई बाटोमा हृदयघात भएको परिवार तथा पार्टी स्रोतले जनाएको छ ।

सोमबार बिहान गाडीमै हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए ।

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए । ‘सानै उमेरदेखि राजनीतिमा सक्रिय हुने खतिवडाले नेपाली कांग्रेसको राजनीतिमा जिल्ला सदस्य, कोषाध्यक्षहुँदै दुई कार्यकाल सफल सभापतिको रुपमा जिम्मेवारी पूरा गरेका थिए।उहाँको कार्यकालमा नेपाली कांग्रेसले जिल्लामा विचार र संगठका दृष्टिले समेत उचाई लिएको थियो,’ ढकालले भने ।

२००० साल वैशाख १ गते कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा जन्मिएका खतिवडाको ७६ वर्षको उमेरमा मृत्यु भएको हो । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् । खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताए ।

२०७६ मंसिर ११ गते प्रकाशित

Loading...