Fri. Mar 29th, 2024

रुविभ्यालीमा स्वाथ्य बिमा लागु गर्न अभिमूखिकरण


१५ मंसिर, धादिङ –


धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाका जनप्रतिनिधी, स्वास्थ्य सेवा केन्द्रका कर्मचारी तथा अन्य कर्मचारीहरुका लागि स्वास्थ्य बिमा सम्बन्धी अभिमूखीकरण कार्यक्रम प्रदान गरिएको छ ।

नेपाल सरकारको नीति बमोजिम सबै व्यक्ति र परिवारले स्वास्थ्य बिमा गर्न र गराउन सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल सरकार, स्वास्थ्य बिमा बोर्डको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले गरेका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका–५ का वडा अध्यक्ष धिराज तामाङ, वडा नं. २ का पेम्बा घले, वडा सदस्यहरु हेम थापा तामाङ, गमान तामाङ, मञ्जु तामाङको उपस्थिति रहेको थियो । साथै स्वास्थ्य चांैकी लापाका सीता तामाङ, कपुर गाउँ स्वास्थ्य इकाई प्रमुख विममाया तामाङ, बोराङ स्वास्थ्य चांैकी प्रमुख उत्तम तामाङ, सेर्तुङ स्वास्थ्य चांैकीका किरण तामाङ र धादिङ स्वास्थ्य इकाइका सुनिता गुरुङको उपस्थिति रहेको थियो ।

धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा २१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन तथा समन्वयका लागि गाउँपालिकाका तत्कालिन स्वास्थ्य संयोजक शिव पौडेलले गरेका थिए ।

करिब ९ हजार जनसंख्या र २१ सय घरधुरी परिवार रहेको गाउँपालिकाले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी सबै वडामा निर्धारित समयभित्र निश्चित प्रकृया पु¥याई प्रत्येक घरपरिवारलाई स्वास्थ्य बिमामा आबद्द गराउने प्रतिबद्दता समेत गरेको छ ।

२०७६ मंसिर १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: