Sat. Dec 14th, 2019

पुरुषहरुको अगुवाईमा बलात्कार विरुद्धको अभियान


राधिका सापकोटा –


अहिले हामी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा छौं । विश्वभरी अहिले लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् । नेपालमा पनि नेपाल सरकारले नै यसलाई अपनत्व लिदै विभिन्न कार्यक्रम गर्न आफ्ना मातहत निकायलाई निर्देशन गरिरहेको छ भने विभिन्न गैह्र सरकारी निकाय र स्थानिय सरकारहरुले पनि विविध कार्यक्रम गरिरहेका छन् । यसलाई २८ औं लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा हामी मनाईरहेका छौं । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २८ वर्ष भैसकेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको संझनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।

यो वर्ष अन्र्तराष्ट्रिय रुपमा ʺन्भलभचबतष्यल भ्त्रगबष्तिथ क्तबलमक बनबष्लकत च्बउभʺ नारा तय भएको छ भने नेपालले ʺसमानताको पुस्ता ः बलत्कार विरुद्ध ऐक्यवद्धत्ताʺ भन्ने नारा तय गरेको छ । यसरी हेर्दा यो वर्ष विश्वभरीकै लैगिंकताको मुख्य सवाल भनेको वलत्कार देखिएको छ । देखिदा बलत्कार देखिएपनि यो अवस्थाको मुख्य सवाल भनेको महिलाहरुको यौनिकता माथिको नियन्त्रणको सवाल हो । नेपालको हकमा पनि अहिले वलत्कार जस्तो जघन्य अपराध वढिरहेको देखिन्छ । वलत्कारबाट पीडित हुनेहरुमा ८० प्रतिशत भन्दा बढि बालिकाहरु रहेको प्रहरीमा दर्ता भएका केसहरुलाई हेर्दा देखिन्छ भने प्राय सबै जसो महिला तथा वालिकाहरु आफ्नै परिवारका सदस्य, आफन्त, छिमेकी वा कुनै न कुनै हिसाबले नजिक चिनेजानेका बाट वलत्कृत भईरहेका छन् ।

आर्थिक वर्ष २०७/०७६ मा नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने २२३० वलत्कार र ७८६ वलत्कार प्रयासका घटना प्रहरीमा दर्ता भएको छन् । यति सानो मुलुकमा १ वर्षमा करिब ३ हजार महिलाहरु बलात्कारको शिकार भएको देखिन्छ । यो एउटा भयावह अवस्था हो । तर यी देखिएका वाहिर आएका वा प्रहरीमा दर्ता भएका मात्रै घटनाहरु हुन्, अझै वाहिर आउन नसकेका, गाउँमा नै जबरजस्त मिलापत्र गरेर न्यायमा आउन नपाएका कत्ति घटना छन् जुन हामीले सुनेर देखेर पनि पीडितको वाध्यता र पहुँचवालाहरुको पहुँचका अगाडी लाचार बनिरहेका छौं ।


यो वर्ष धादिङ जिल्लाको कुरा गर्ने हो भने जिल्ला प्रहरी कार्यालयमा २९ वटा वलात्कार, ११ वटा वलत्कारको प्रयास र ४ वटा यौनदुर्व्यवहार का घटनाहरु दर्ता भएका छन् । यी मध्ये आफ्नै बाबु, दाजु, छिमेकीबाट वलत्कृत हुनेको संख्या ठूलो छ । यो वर्ष सहयात्री समाज नेपालले अभिलेख गरेका घटनामा २ वटा ५ वर्ष र ८ वर्षका नानीहरु आफ्नै बाबु पर्ने(झड्केलो बाबु) बाट वलत्कृत भए । २ जना १४ र १६ वर्षका नानीहरुले बलत्कार पछि बच्चा जन्माउन वाध्य भए । १ जना शारिरीक र मानसिक रुपमा समस्यामा रहेकी १५ वर्षको नानी माथि ६ जनाले सामुहिक रुपमा बलात्कार गरे । जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा वलत्कृत हुने मा १८ वर्ष मुनिका वालिकाहरुको संख्या सबैभन्दा बढि छ ।

१८ भित्र पनि १० वर्ष मुनिका वालिकाहरु ठूलो संख्यामा आफन्तबाट वलत्कार भएको तथ्यांक देखिन्छ । यसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ , साच्चै हाम्रो समाज कता जाँदै छ भनेर । तर अझै पनि बालिकाहरुमाथि भएको वा महिलाहरुमाथि भएको वलत्कारको मुद्दामा समाज संवेदनशिल हुन सकिरहेको छैन । स्थानिय सरकार, राजनीतिक दल, वा समाजको वुद्धिजीवि भनिने वर्ग नै बलत्कारको मुद्दामा संवेदनशिल छैन । एउटा वालिकामाथि वलत्कार हुन्छ , एउटा शारिरीक र मानसिक रुपमा असक्तमाथि वलत्कार हुन्छ अनि स्थानिय सरकारका जनप्रतिनीधिहरु नै त्यो घटना हैन भनेर मुद्दा दर्ता नगर्न सकेसम्म समाजबाटै वाहिर आउन दिदैनन् । जबरजस्त पीडित वाहिर आएभने प्रहरीमा आएर घटना अगाडी नबढाउन दबाब दिन्छन् । अहिले पनि लाजै नमानि समाजमा वुद्धिजीविहरु गाडी रिजब गरेर एउटा वालिकामाथि भएको वलत्कारको घटनाको अनुसन्धान गर्न अवरोध गर्न प्रहरीमा जुलुस लगाउछन् ।

पीडितले भनेको कुरा हैन पीडकको पहुँच र उसको शक्तिलाई हेरेर अझै पनि समाज पीडकलाई संरक्षण गरिरहेको छ जसको परिणाम अझै पनि बलत्कार जस्तो मानवता विरोधी घटना हाम्रो समाजमा भैरहेको छ । जबसम्म समाजका हरेक व्यक्तिले वलत्कार जस्तो अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा माफिदिनु हुदैन, क्षमा दिनु हुदैन भनेर समाजले प्रहरीमा जिम्मा लगाउने र कडा कारवाहीको लागि माग गर्दैन त्यत्तिनजेल केही हुन सक्दैन । अझै पनि बलत्कृत हुनु भनेको महिलाको इज्जत जानु हो भनेर हेरिन्छ । कोही वालिका वलत्कृत भयो भने सबै भन्दा पहिला ʺविचर अब कस्ले विवाह गर्छʺ भनेर साहानुभूती दिनेहरुको लाइन लाग्छ । इज्जत जान्छ भन्ने नामम, विवाह हुदैन भन्ने नाममा अझै कति यस्ता घटनाहरु बाहिर आउन सकिरहेका छैनन । त्यसैले बलत्कृत हुनेको इज्जत हैन वलत्कार गर्नेको इज्जत गयो भनेर भन्ने सोच जब सम्म आम मानिसको परिवर्तन हुदैन तब सम्म बलत्कार पीडितहरुले अझ धेरै पीडा महसुस गरिरहनु पर्ने छ ।

हाम्रो कानुन अहिले पनि पीडक केन्द्रित छ । पीडित केवल सरकारवादी मुद्दाको एउटा साझी मात्रै हो ।पीडकलाई जेल राख्नु वा सजायँ गर्नुलाई नै अहिले सम्म हामीले पीडित प्रतिको न्याय भनिरहेका छौ, के साच्चै पीडकलाई जेलमा राख्दैमा पीडितले न्याय प्राप्त गर्छ त ? किन पछिल्लो समय धेरै जसो वलत्कारका घटनाका पीडितहरु होस्टायल हुदैछन् ? कतै हामीले दिएको न्यायले पीडितले न्याय महससु नगरेको त हैन । न्यायको सिद्धान्त भनेको नै न्याय भनेको पीीडतले महसुस गर्ने कुरा हो भन्ने छ । त्यसैले हामीले न्यायलाई पनि पीडितको आत्मासन्तुष्टि संग जोडेर हेर्न नसकिरहनु एउटा कारण बनिरहेको छ । त्यसैले हामीले हाम्रो कानुनी प्रकृया, न्यायको प्रावधानलाई पनि पीडित केन्द्रित बनाउन जरुरी छ ।

यो १६ दिने अभियानले उजागर गरेको बलत्कारको सवाल अब हरेक दिन वहस र छलफलको विषय बन्नु पर्छ । आफ्नो ठाउँमा एउटा वलत्कार हुँदा यहाँका सबैले शिर निउराउने हुनु पर्छ न की पीडितले । हरेक पुरुष बलत्कारी हैन, हरेक बाबु अनि दाजु बलत्कारी हैन तर हरेक पुरुष, हरेक बाबु दाजु र आफन्तको मायामा शंका गर्नुपर्ने बाध्यता बनेको छ । हरेक पुरुषको निधारमा बलत्कारीको कालो धब्बा लागेको छ । त्यसैले यसको विरुद्ध आफु मथि लागेको दाग मेटाउन अब यो बलत्कार विरुद्धको अभियानको अगुवाई अगुवा बुद्धिजीवि र सचेत पुरुषहरुले लिन जरुरी छ । साच्चै अब हामी पुरुषहरुको अगुवाईमा भएको वलत्कार विरुद्धको अभियानमा पछाडी लाग्ने सारथी बनेर हिड्न चाहान्छौं । म आव्हा्रन गर्न चाहान्छु हरेक सचेत पुरुषलाई आउनुहोस् साच वदलौं, समाज बदलौं , हरेक छोरी सुरक्षित बनाउन बलत्कार जस्तो जघन्य अपराध विरुद्ध अभियानको थालनी गरौं ।

२०७६ मंसिर १५ गते प्रकाशित

Loading...