Sat. Dec 14th, 2019

धादिङको सिद्धलेकमा चारधाम निर्माण गरिँदै

१६ मंसिर , धादिङ –

श्री बिश्व भागवत धाम कोष आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कुम्पुर परेवाटारमा भागवत धाम लगायत चार धाम निर्माण गरिने भएको छ । त्रिशुली नदीको किनारामा ईतिहासमै पहिलो पटक २१ करोड दिप प्रज्वलन गरेर भागवत धाम निर्माण गर्न लागीएको बाल तपस्वि पण्डित श्री उत्तम भट्ट महाराजले बताए ।
“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”
“सकै सात दिन जाऔँ, नसके एक दिन अबश्य जानै पर्ने ठाउँ”
भन्ने मूल मन्त्रका साथ सुरु हुन लागेको महायज्ञमा उपस्थितीका लागी सबैमा अनुरोध गरिएको छ । धाम निर्माणका लागी सबैले सहयोग गर्न पनि म२ल आयोजक समीतीले आग्रह गरेका छन् ।
भागवत महायज्ञमा बिहान ७ बजे देखि नित्य पुजा अर्चना, प्रत्येक दिन बिहान ८ः१५ बजे चरु हवन, बिहान ८ः३० बजे देखि ११ बजे सम्म श्रीमद्भागवत पाठपरायण, कथा बाचन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म, बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा सहित भजन किर्तन र झँकीको प्रदर्शनी लगायतका कार्यक्रमहरु हुने भएका छन् ।
साथै कलश यात्रा मँसिर १९ गते बिहान ९ बजे, समुद्घाटन मँसिर १९ गते बिहान ११ बजे हुने छ ।
श्री बिश्व भागवत धाम कोष नेपालको आयोजनामा हुन गईरहेको महायज्ञमा रँगप्रसाद थपलिया सँयोजक महायज्ञ मूल सम्पादन समिती तथा नविन कुमार रिजाल महासचिवको रुपमा बिभिन्न क्षेत्रमा काम भईरहेको र प्रचारप्रसारको काम पनि भईरहेको बताए ।

२०७६ मंसिर १६ गते प्रकाशित

Loading...