Sat. Dec 14th, 2019

तेक्वान्दोमा नेपालले पायो स्वर्ण पदक

१६ मंसिर , धादिङ –

१३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा तेक्वान्दोबाटै नेपालले पहिलो स्वर्ण पदक पाएको छ। सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन्। यो सँगै नेपालले सागमा तीन वटा स्वर्ण जितेको छ ।

यस अगाडि नेपालले यस अगाडि करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले र ट्रायथोलनमा महिलातर्फबाट स्वर्ण पदक जितेको छ । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।

त्यसैगरी करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले सागमा नेपालका लागी पहिलो स्वर्ण पदक दिलाएका थिए । श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराएका हुन् । फाइनलमा मण्डेले २५।७२ अंक ल्याए भने पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४।५२ अंक मात्र ल्याए।

यसअघि १२औँ सागमा नेपालले यस प्रतियोगितामा भाग लिएको थिएन । त्यसैगरी व्यक्तिगत महिला कराते काता प्रदर्शनमा चञ्चला दनुवारले रजत जित्दै १३ औँ सागमा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

२०७६ मंसिर १६ गते प्रकाशित

Loading...