Wed. Jul 24th, 2024

भ्रष्टाचार अभियोगमा फिफाका ६ पदाधिकारी एकै होटलबाट पक्राउ

Fifa-624x330

 १३ जेठ, काठमाडौ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का ६ पदाधिकारीलाई स्वीस प्रहरीले पक्राउ गरेको छ ।

फिफाको मुख्यालय रहेको स्वीजरल्याण्डको ज्यूरीचको एक होटलबाट बुधबार स्वीस प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका अधिकारीहरुको नाम खुलाइएको छैन । न्यूयोर्क टाइम्स्का अनुसार फिफा अध्यक्ष सेप ब्लाटर भने पक्राउ परेका छैनन‍् । प्रहरीले उनीहरुलाई घुस, धम्कि र रकमको हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

फिफा पदाधिकारी होटलमा बैठक गरिरहेका थिए । उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीहरुलाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।फिफाका अधिकारीहरु आगामी शुक्रबार हुने साधरण सभाका लागि ज्यूरीच पुगेका थिए । शुक्रबार हुने उक्त साधरण सभाबाट ब्लाटर फेरि अध्यक्षमा चुनिन लागेका थिए । विगत २० वर्षदेखि लगातर फिफाको अध्यक्ष रहेका ब्लाटर पाँचौ पटक अध्यक्ष चुनिन लागेका हुन् ।एजेन्सी

About The Author

Loading...

अन्य समाचारहरु: