Fri. Mar 29th, 2024

दुई मोटरसाइकल एक–आपसमा ठोक्किदा एकको मृत्यु र एक घाइते

२० मंसिर , चितवन –

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षिय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ करिब ६ बजे ठक्कर खाएको हो।

प्रहरीका अनुसार ना४०प ७३१३ नम्बरको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६स्५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

सोही दुर्घटनामा परी लु४प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गी घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

२०७६ मंसिर २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: