Sun. Aug 9th, 2020

धादिङ कृषि पर्यटन महोत्सवको अन्तिम दिन आज लाइभ कन्सर्ट हुने

२४ मंसिर , धादिङ –

धादिङबेशीमा जारी धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ को अन्तिम दिन आज लाइभ कन्सर्ट हुने भएको छ ।त्यस्तै मेलामा आज चर्चित गायक तथा मोडल दुर्गेश थापा आउनु हुने छ ।

पर्यटकको स्वागत,सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान भन्ने मुला नारा सहित धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ को पावन अवसरमा आयोजित गोरेटो इभेन्टस्को प्रस्तुतिमा लाइभ कन्सर्ट डिजे डान्स पार्टि हुन लागेको हो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित रायटारमा आज दिउँसो ३ बजेबाट साँझ ७ बजे सम्म हुने लाइभ कन्सर्टमा टिकट दर प्रतिव्यक्ति १५० मात्रै तोकिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा दुर्गेश थापासँगै बिनोद ढकाल,स्वरस्वती लामा,डिजे सिमोन को साथमा नेपथ्यको कभर ऋज्इच्ग्क् द्यब्ल्म् को बिशेष प्रस्तुति रहने धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६का सांस्कृतिक समितिका संयोजक दिपक कोईरालाले जानकारी दिनुभयो । मंसिर १३ गतेदेखि सुरु भएको महोत्सव आज समापन हुदैँछ ।

२०७६ मंसिर २४ गते प्रकाशित

Loading...