Sat. Jan 18th, 2020

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

२५ मंसिर , धादिङ –


धादिङको सेमजोङ गा वि स वडा नं . ८ नेत्रावती डबजोङ बाट गा पा २ बस्ने वर्ष २२ की प्रेम माया तामाङ मंगलवार पहरीले पक्राउ गरी आजै सम्मानित भई जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जनिवाना तिरी निस्केका छन् ।

फरार व्यक्ति पक्राउ अभियान अन्तर्गत सम्मानित धादिङ जिल्ला अदालतबाट २०७३ माघ १० गतेको फैसलाले रु ७५ हजार जरिवाना तोकिएका सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी जिल्ला धादिङ साविक सेमजोङ गा.वि.स. वडा नंं ८ हाल नेत्रावती डबजोङ गा. पा.२ बस्ने वर्ष २२ की प्रेम माया तामाङलाई मंगलवार प्रहरीले पक्राउ गरी आजै सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जरिवाना तिरी छुटेका हु्न् ।

२०७६ मंसिर २५ गते प्रकाशित

Loading...