Fri. Mar 29th, 2024

पिकनिक जाँदै गरेको बस दुर्घटना

२७ मंसिर , काठमाडौ –

मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो। उनले भने २० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

२०७६ मंसिर २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: