Mon. Oct 14th, 2024

धादिङको जिवनपुरमा राहत वितरण

rahat bitaran jiwanpur
धादिङ –  विनाशकारी महाभुकम्पबाट प्रभावित भएका धादिङको जिवनपुर भुकम्प पिडितलाई राहत वितरण गरिएकोे छ । मनाङ महिला जनशक्ति समुह नागार्जुन काठमाण्डौँले बुधबार जिवनपुरको वडा नम्बर १ र २ का १ सय ५० भुकम्प पिडित घरधुरीलाई राहत वितरण गरेको हो ।

स्थानिय सुर्य ठकुरीको पहलमा वडा नम्बर १ का सम्पुर्ण र वडा नम्बर २ का केहि घरधुरीलाई चामल, दाल, तेल, नुन, ब्लाङ्केट, र मास्क वितरण गरिएको महिला जनशक्ति समुहका अध्यक्ष सोनम गुरुङले बताउनुभयो । उहाँका अनुसार ८० बोरा चामल, ३ सय किलोग्राम दाल, १ सय पचास किलोग्राम नुन, १ सय पचास लिटर तोरीको तेल, एक सय थान ब्लाङ्केट र ४ सय थान माक्स वितरण गरिएको छ ।

मनाङ जिल्लामा जन्मिएर देश तथा विदेशमा रहनुभएका मनाङबासीको सहयोगले राहत सामाग्री वितरण गरिएको समुहका सदस्य नाचुङ गुरुङले बताउनुभएको छ । राहत सामाग्री पाएपछि जिवनपुरको जिम्मलगाउँ, बाह्रबिसे, बज्रकोट लगायतका भुकम्प पिडित खुशी भएको सुर्य ठकुरीले बताउनुभयो । भुकम्प बाट ध्वस्त भएको जिवनपुरमै आएर राहत वितरण गर्न पाउँदा खुसी भएको समुहका सल्लाहकार सञ्जिव अधिकारीको भनाई छ ।

यसैगरी राहत वितरणमा स्टे स्ट्रङ्ग नेपालका युवाहरुले पनि सहयोग गरेका छन् । यस्तै भैरवटोल खानेपानी तथा सरसफाई उपभोत्ता समिती सितापाईला काठमाण्डौँले पनि केहि थान कपडा उपलब्ध गराएको नवराज सापकोटाले बताउनुभएको छ । स्थानिय भुकम्प पिडितहरुले अब खाद्यान्नका राहत भन्दा पनि दिर्घकालिन पुर्नबासको लागि जस्तापाताको माग गरेका छन् । जिम्मलगाउँका कृष्ण ठकुरीले अहिले सम्म विभिन्न सँघ सँस्थाले खाद्यान्नका सामाग्री र त्रिपाल बाँडेपनि दिर्घकालिन पुर्नबासका लागि जस्तापाता वितरण भए पुर्ण रुपमा घर ध्वस्त भएका भुकम्प पिडितहरुलाई सहज हुने बताउनुभयो । जिवनपुरको वडा नम्बर १ मा मात्रै भुकम्पका कारण ६ जनाको ज्यान गएको छ भने गाविस भलेर ५८ जनाले ज्यान गुमाएका छन् ।

About The Author

अन्य समाचारहरु: