Sat. Jan 18th, 2020

धादिङको शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया


२९ मंसिर, धादिङ –


धादिङको बेनिघाट रोराङगाउँपालिका ८ गोठिभज्याङमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रयास नेपाल धादिङले आइतबार गोठपभज्याङ आधारभुत बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरिक्रया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति,अभिभावक, बालकल्ब र शिक्षकहरू बिच बिद्यालयको शैक्षिक गुणस्तर सुधारका बिभिन्न पक्षमा छलफल भएको थियो । कार्यक्रममा विद्यालयमा बालबालिकाको नियमितता, अभिभावक र विद्यालय व्यवस्थापन समितिको बालबालिका र विद्यालयप्रतिको काम, कर्तव्य र दायित्व, शिक्षकहरू बालबालिका र अभिभावक प्रतिको दायित्व ,बालबालिकाहरुको कक्षागत र बिषयगत शैक्षिक उपलब्धिको बिश्लेशण र बृद्धिका लागि गर्नु पर्ने कार्यहरु, बालमैत्री वातावरण,बालबालिकालाई घरमा पढाईमा सहजिकरणका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र कार्यक्रम संयोजक सुनिल केसीले सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले समय समयमा बिद्यालय गई बालबालिकाहरुको पढाइ बारेमा जानकारी लिनु पर्ने ,बिद्यालय पठाउँदा समयमा नै खाना खुवाई पठाउने , शैक्षिक सामग्री कापि,कलम छरछैन हेरि पठाउने, खाजाको व्यवस्था गरि समयम नै बिद्यालय पठाउने ,दैनिक रुपमा हाजिरी गर्दा शैक्षिक क्रियाकलापसँग मेलखाने बिषय समावेश गरेर गर्ने जस्ता विषयमा सहजिकरण गरेका थिए । हरेक त्रैमासिक परिक्षा पछि हरेक बालबालिकाको लब्दाङपत्र हरेक अभिभावकसम्म पुर्याइ सोको उपलब्धिकाको बारेमा कक्षा शिक्षक,अभिभावक बिद्यालय व्यवस्थापन समिति बिच छलफल गरि सुधारको योजना निर्माण गरि कार्यान्वयन गर्ने लगायतका विषयमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट तथा डेभलपमेन्टको सहयोगमा संचालित महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रमको सहकार्य रहेको धुषा गोठिभज्याङबाट सुमित्रा चेपाङले जानकारी दिईन।

२०७६ मंसिर २९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: