Fri. Mar 29th, 2024

फाइनल प्रवेशका लागि बुटवल र विराटनगर भिड्दै

{"caption":"u0938u0939u093fu0926 u0938u094du092eu093eu0930u0915 u0932u093fu0917u0905u0928u094du0924u0930u094du0917u0924 u092cu0941u0927u092cu093eu0930 u0926u0936u0930u0925 u0930u0902u0917u0936u093eu0932u093eu092eu093e u092du093fu0921u094du0926u0948 u092eu091bu093fu0928u094du0926u094du0930 (u0938u0947u0924u094b) u0930 u092bu094du0930u0947u0928u094du0921u094du0938u0915u093e u0916u0947u0932u093eu0921u0940u202fu0964u00a0 u0924u0938u094du092cu093fu0930 - u0915u0947u0936u0935 u0925u093eu092au093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930n","photographer":"","alt_text":""}

१० पुस , पोखरा –

पोखरा प्रिमियर लिग ९पीपीएल० अन्तर्गत बिहीबार बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै छ । पोखरा क्रिकेट मैदानमा बिहीबार मध्यान्ह सुरु हुने प्रतिस्पर्धामा विजेता टोली शनिबार हुने फाइनलका लागि प्रवेश गर्ने छ ।

इलिमिनेटर विजेताले फाइनलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको लिग चरणको अन्तिम खेलमा विराटनगर बुटवललाई ४ विकेटले हराउँदै प्लेअफमा पुगेको थियो भने बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको थियो।

बुधबारको सनसनीपूर्ण खेलमा बुटवलले दिएको १३४ रनको लक्ष्य विराटनगरले ११।४ ओभरमा पूरा गर्दै प्लेअफको स्थान सुरक्षित गरेको थियो। १२।२ ओभरभित्र जित निकाल्नुपर्ने दबाबमा रहेको विराटनगरले ४ बलअघि नै जित निकालेको थियो। यदि १२।२ ओभरमा लक्ष्य नभेट्टाएको भए विराटनगरको सट्टा नेटरनरेटको आधारमा काठमाडौं गोल्डेन वारियर्स प्लेअफमा पुग्थ्यो।
विराटनगर र काठमाडौंले लिग चरणमा २र२ खेल जित्दै समान ४ अंक बटुलेको थियो। नेटरनरेटको आधारमा विराटनगर प्लेअफमा पुग्यो।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सूर्यग्रहण लाग्ने र ११ बजेर ३१ मिनेटमा सकिने भएपछि आजको खेल साढे १२ बजे खेलाइने भएको छ।

२०७६ पुस १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: