Sat. Jan 18th, 2020

गायक रामकृष्ण ढकाल निलम शाहको बैवाहिक सम्बन्ध विच्छेद

१० पुस , काठमाडौ –

चर्चित गायक रामकृष्ण ढकालको बैवाहिक सम्बन्धबिच्छेद भएको छ।जिल्ला अदालत काठमाडौँबाट श्रीमती निलम शाहले ढकालसंग सम्बन्धबिच्छेद गराएका हुन्। उनीहरुले मिलापत्रको आधारमा सम्बधबिच्छेद गराएका हुन्। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।

बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

ढकाल र शाहबीच प्रेम विवाह भएको थियो। उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको छ। गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका समाचार समेत सार्वजनिक हुँदै आएका छन्।

२०७६ पुस १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: