Fri. Jul 19th, 2024

धादिङ केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको फेरी गयो भूकम्प

dhading mapp

१५ जेठ, धादिङ – केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो ३ बजेर ४४ मिनेट जाँदा फेरी भूकम्प गएको छ ।

५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार बिहान नै ५ बजेर २० मिनेट जाँदा धादिङ केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । पटक पटक गएको भूकम्पले फेरी पनि स्थानीयहरु डराएर बाहिर निस्केका छन् ।

शुक्रबार विहानदेखि हालसम्म भूकम्पको ५ वटा धक्का महशुस भएको छ । बिहान १२ बजेर ३७ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भने गोरखालाई केन्द्रविन्दु बनाएर विहान ८ बजेर ३० मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसैगरी धादिङ र गोरखा केन्द्रविन्दु बनाएर पटक मध्यान १२ बजेर ३० मिनेट जादा अर्को धक्का महशुस भएको छ । जुन ४ रेक्टर स्केलको थियो ।

equal.eps

About The Author

Loading...

अन्य समाचारहरु: