Mon. Jul 13th, 2020

धादिङको गजुरीमा नियमित आँखा उपचार सेवा सुरु


१२ पुस, धादिङ–


धादिङको गजुरी गाउँपालिकामा नियमित आँखा उपचार सेवा सुरु भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा गजुरी गाउँपालिकाले आँखा उपचार सेवा अर्थात ग्रामीण आँखा क्लिनिक सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए ।

सामुदायिक खाँखा केन्द्र धादिङको प्राविधिक सहयोगमा गजुरी गाउँपालिकाले नियमित आँखा उपचार सेवा उपलव्ध गराउने पनि रेग्मीले जानकारी दिए । आँखा उपचार केन्द्रको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा संघिय साँसद भुमिप्रसाद त्रिपाठीले सुभारम्भ गरे । क्लिनिक शुभारम्भ गर्दै साँसद त्रिपाठीले अहिले भाडाको घरमा सञ्चालन भएको क्लिनिकले छिट्टै आफ्नै भवनबाट सेवा दिने विश्वास दिलाए ।

साँसद त्रिपाठीले जग्गा खोज्ने कनममा लाग्न गजुरी गाउँपालिकालाई आग्रह गर्दै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । क्लिनिकबाट चेपाङ लगायत विपन्न समुदायलाई प्राथमिकतामा राखेर सेवा दिन पनि उनले आग्रह गरे । कार्यक्रममा गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले समग्र गजुरी गाउँपालिकाको स्वास्थ्य सेवाका बारेमा जानकारी गराइन् । तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नवीन राईले गजुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकोमा खुशि व्यक्त गरे । आखाको समस्या स्वास्थ्य क्षेत्रको समस्यामा प्राथमिकताकै क्षेत्र रहेको बताउँदै उपनिर्देकक राईले आँखा विनाको सञ्सार अँधेरो हुने भएकोले समयमै आँखाको उपचार गराउन सबैसंग आग्रह पनि गरे ।

क्लिनिक उद्घाटन अवसरमा सामुदायिक आँखा केन्द्र धादिङका इञ्चार्ज रामसिंह तामाङले विगत ११ वर्षदेखि हरेक बुधवार साताको एकदिन मात्रै आँखा परिक्षण गरेर दिइरहेको सेवालाई अब दैनिक क्लिनिक सञ्चालन गरेर सेवा दिन लागेको बताए । क्लिनिकबाट गजुरी, सिद्धलेक, बेनिघाटरोराङ र गल्छी गाउँपालिकाका नागरिकले प्रत्यक्ष सेवा पाउनसक्ने पनि तामाङले बताए । क्लिनिकबाट आँखा परीक्षण, औषधी, चस्मा लगायत ८० प्रतिशत सेवा उपलव्ध हुने पनि बताईएको छ । क्लिनिक शुभारम्भ कार्यक्रम गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२०७६ पुस १२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: