Thu. Mar 28th, 2024

निर्माण व्यवसायी संघ धादिङको अध्यक्षमा श्रेष्ठ निर्वाचित


१२ पुस, धादिङ –


नेपाल निर्माण व्यवसायी संघ धादिङको अध्यक्षमा रमेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठ अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष रमेश कुमार श्रेष्ठले निर्माण व्यावसायीहरुसंग मिलेर, व्यावसायीहरुको हक अधिकार रक्षाका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

संघको प्रथम उपाध्यक्षमा गणणेशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा रमेश कुमार गौली, महासचिवमा राजेन्द्र अधिकारी, सचिवमा केशव गजुरेल र कोषाध्यक्षमा पदमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा धर्मराज लोहनी, गापिलाल श्रेष्ठ, गणेश श्रेष्ठ, रामलाल श्रेष्ठ, कमल सिलवाल, बाबुकृष्ण श्रेष्ठ, दिनेशराज कँडेल, बासुदेव जम्कट्टेल र सिंहबहादुर तामाङ निर्वाचित भएका छन् ।

अधिवेशन उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी संघका निवर्तमान केन्द्रीय सदस्य नारायण कुमार श्रेष्ठले सरकारी कामकाजको ढिलासुस्तीले निर्माण व्यवसायीहरु बदनाम भएको धारणा राखे। दोहोरो, तेहोरो करले पनि निर्माण व्यावसायीहरुको ढाड सेकेको बताउँदै श्रेष्ठले सरकारले निर्माण व्यावसायीहरुको मर्का बुझ्नुपर्ने बताए ।

कार्यक्रममा संघका निवर्तमान कोषाध्यक्ष भुवन त्रिपाठीले निर्माण व्यावसायीहरु फुटेर हैन जुटेर काम गर्न आग्रह गरे । मोनालिसा कन्स्ट्रक्सनका रमेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, अधिवक्ता टंककुमार श्रेष्ठ, अधिवक्ता रामचन्द्र भट्ट, निर्माण व्यावसायी राजेन्द्र अधकारी लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।

२०७६ पुस १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: