Fri. Mar 29th, 2024

परम्परागत हानीकारक अभ्यास न्युनिकरणमा सामुदायिक रेडियोको भुमिका

सीता ढुंगाना –

२०७२ असोज यता अर्थात देशमा संघियता लागू भएपश्चात संविधान कार्यन्वयन गर्ने शिलशिलामा संघियताका पक्षधर सरोकारवाला सबै क्षेत्रहरुको भुमिकामा केहि न केहि परिवर्तन भएको छ । संघियता कार्यन्वयनको सुत्रपात नै नागरिकका हजारौं अपेक्षामा एकै पटक आश्वासन दिदैं स्थानिय तहबाट भयो जहाँ ति अपेक्षाहरु पुरा गरि समाजलाई सभ्य र स्वस्थ चिन्तनबाट विकास गराउन कयौं चुनौतीहरु थिए र अझै पनि छ । सिमीत स्रोत र साधन, दक्ष जनशक्तिको अभाव, कार्यालय भवनहरु नहुनु, भौगोलिक अवस्थायीयावत समस्याहरु प्राविधीक चुनौतीहरु भए तर यहाँ सदियौं देखि समाजमा जगडिएर रहेका परम्परागत हानीकारक अभ्यासले निम्त्याउने परिणामहरु स्थानिय तह विकासका मुख्य बाधक हुन ।

संविधान र त्यस पछि बनेका कानुनहरु समाजमा व्याप्त रहेका हानिकारक अभ्यास जस्तै धामी झाक्रि प्रथा, बोक्सीको आरोप, बालविवाह, बहुविवाह, अनमेल विवाह, छाउगोठ, देउकी प्रथा,दाइजो प्रथा, लैंगिक हिंसा, घरेलु हिंसा… आदि न्युनिकरण साथै निर्मुल पार्न उदत्त देखिन्छन् ।यस्ता हानीकारक क्रियाकलाप दुई किसीमबाट भईराखेको छ एउटा जाने बुझेकै बर्गबाट कानुनको उलंघन गरि आफ्ना परम्परा थाती राखिराखेका छन भने अर्को धामि झाक्रि, बोक्सीको आरोप, बालविबाह, बहुविवाह छाउगोठ आदि हानीकारक मुल्यमान्यताले जन्माएको परिणाम हो यसको अभ्यास निरन्तर गर्नाले निम्त्याउने असर जोखिमपुर्ण छ भन्ने कुरा नै थाहा नभएको बर्गबाट नि यस्ता अभ्यासहरु भईराखेका छन् । बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सीको आरोप सँग सम्बन्धित कानुन कार्यन्वयनमा सबै पक्षको भूमिका महत्वपुर्ण रहन्छ तर सर्वप्रथम समाजका हानीकारक अभ्यास के हुन यिनलाई निरुत्साहित गर्न पछिल्लो समय बनेका कडा कानुनहरु कस्ता छन, दण्ड सजायको व्यवस्था कस्तो छ भन्ने जानाकारी प्रशारणमा भने सबै क्षेत्रको भुमिका खोज्दै जाँदा सरोकारवाहरु सँगको साझेदारीमा सामूदायिक रेडियोको भुमिका अति नै महत्वपुर्ण रहन्छ ।

सामूदायिक रेडियो एउटा यस्तो संचार माध्यमहो, जुन आम मानिसको पहुचमा सहजै पुग्न सक्छ । टेलिभिजन किन्न नसक्ने, किनेर पनि बसेर टेलिभिजन हेरिरहन नभ्याउने, पत्रपत्रिका पढ्न नजान्ने, सोसल मिडीयाको पहुचमा नहुने विशेष गरि भुइ मान्छेहरुको साथी रेडियो हो । त्यस्ता भुई मान्छे जो समाजको पनि दुरदराजमा रहने मान्छे तिनको रेडियो बाहेक अन्य सञ्चार माध्यमसगँ कुनै पहुच हुनै सक्दैन तेस्ता मानिसहरुको साथी रेडियो मात्रबन्न सक्दछ । रेडियोहरु मध्ये पनि सामुदायिक रेडियो समुदायको आवाजलाई समुदाय कै भाषा र शैलीमा उजागर गर्ने संचार माध्यम भएका कारण हरेक सकारात्मक परिवर्तनको लागि सामुदायिक रेडियो सहयोगी सिद्ध हुनेछ । परम्परागत रुपमाचल्दै आएका समाजका विद्यमान विकृती र विसंगतीको भण्डाफोर गर्दै सकारात्मक सोच र विचारमा आमुल परिवर्तन गर्नको लागि सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण रहन्छ । सामुदायिक रेडियोले यी र यस्ता हानिकारक अभ्यासहरु अपराधजन्य कार्य हुन, समाजमा व्याप्त रहेका यस्ता गतिविधीहरु दण्डनिय छन् यस्ता परम्परागत सोच रहुन्जेल समाजमा पर्ने नकारात्मक असरहरु यी हुन सक्छन भन्ने कुराहरु विगतका घटनाको आधारमा प्रशारण गर्न सक्छन ।

प्रभावकारी सुचनाको प्रशारण, सम्बन्धित क्षेत्रका जानकार व्यक्तित्वहरु सँगको अन्तरवार्ता साथै समसामहिक विषय तथा घटनाहरुमा केन्द्रित रहि गरिने बहसहरुले समाजमा व्याप्त रहेको परम्परगत हानीकारण अभ्यास न्युनिकरण गर्न मद्दत पुग्दछ । यस्ता अभ्यासको तथांक र त्यस माथि कारबाहि भएको तथ्यांक सार्वजनिकीरण गरी सामुदायिक रेडियोहरुले आफ्ना कार्याक्रमहरु मार्फत जील्लामा बर्ष भरी हुने बालविवाह, बहुविवाह, लैंगिक हिंसा बोक्सीको आरोप, दाईजो प्रथा छाउगोठ जस्ता हानीकारक मुल्यमान्यताबाट उत्पन्न घटनाहरु र त्यस माथि भएका कारबाही एवं सजायको तथ्यांक सार्वजनिक गरि परम्परागत हानिकारक अभ्यास न्युनिकरण गर्न सकिन्छ । सामूदायीक रेडियोहरुले हानिकारक अभ्यास विरुद्धको रेडियो नाटक एवं पिडीत को पिडा अनुभव(पिडीतले घटना सार्वजनिक गर्न चाहेमामात्र) रेकर्ड तथा प्रशारण साथै न्याय पाउन चालेका कदमहरु र पाएका सहयोग एवं सहयोगीहरुको जानकारीहरुको सन्दर्भमा पिडीतहरु सगैँको अन्तर्वार्ताले अन्य पिडीतलाई घटना बाहिर ल्याउन आत्मबल बढ्ने निश्चित छ ।

हानीकारक अभ्यास अन्त्यको लागि सरकारले चालेको कदम र लिएको नितीलाई प्रभावकारी कार्यान्वयनमा सघाउन सरकार सगैंको साझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने र सरकारले पनि आफ्ना लक्ष्य प्राप्त गर्न सामूदायिक रेडियोलाई साझदारको रुपमा लिने गरेमा यस्ता निती तथा कार्ययोजनाको प्रभावकारी प्रतिफल आउन सक्छ । सिडले परिभाषित गरेको हानीकारक मान्यता बाट अभिप्रेरित अभ्यासहरु सबै समाजको लागि घातक हो जुन मानवअधिकारको दृष्टिकोणले अपराध जन्य त छदै छ विकासको लागि पनि मुख्य बाधक हो ।

घटनाको चर्को स्वरमा विरोध समेत जनाउदै सार्वजनिक गर्ने र कानुनी उपचारको फलोअप र अन्तिम सम्मको निर्णय वा फैसाला अर्थात पिडितले पाएको न्यायको विवरण समेत प्रशारण गर्दा यस्ता हानिकारक अभ्यासमा गर्न गराउन लागि पर्नेहरुलाई विस्तारै कानुन प्रतिको जवाफदेहि बनाउदै लान सामूदायिक रेडियोहरुको महत्वपुण भुमिक रहन्छ । यी सबै कुरा भनिरहदा सामुदायिक रेडियो व्यवस्थापन सञ्चालन सगँ जोडिएर यस्को आर्थिक संकट कसरी टार्ने भन्ने प्रश्नहरु आउन सक्छन यो स्वभाविक पनि हो तर रेडियोहरु दुई तरिकाले सञ्चालन हुन्छन् एक कमाउनको लागि चलाईने रेडियो, त्यो सामूदायिक रेडियो होइन त्यो व्यवसायिक रेडियो हो । अर्को त्यो सामुदायिक रेडियो हो जुन चलाएर (सञ्चालन गरेर) कमाउछन । चलाएर कमाउने रेडियोहरुले परिवर्तन गर्न चाहान्छ त्यसैले उ सरकारको साझेदार बन्दछ ।
स्थानिय सरकार, प्रदेश सरकार वा संघिय सरकारको साझेदारमा राज्यको कानुन कार्यान्वयनमा

सघाउने सामुदायिक रेडियो अन्य व्यवस्थापन अब्बल हुदाँहुँदै आर्थिक संकट मै परेर रेडियो बन्दगर्न पर्ने हुदैन । अहिले कै अवस्थामा सामूदायिक रेडियोलाई आममानिसले बुझ्ने तरिकामा समेत परिवर्तन ल्याउने गरि विशेष गरि स्थानिय सरकारसगँ रहेको उस्को निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयनमा सामूदायिक रेडियोले गर्न सक्ने कामको लिष्ट बनाई सकारात्मक परिवर्तनको लागि सामूदायिक रेडियोले मिडिया क्याम्पेनिङ्ग गर्न सक्छ । परम्परागत हानीकारक अभ्यास विरुद्धको कानुनी व्यवस्थाको सचेतिकरण र सरकार र सामुदायिक रेडियोको सहकार्यमा परिवर्तन गर्न सकिएको कामको प्रचार गर्ने कार्यमा सामूदायिक रेडियोको महत्वपुर्ण भुमिका रहन्छ ।

लेखक गजुरी गाउँपालिकाको उपाध्यक्ष, हुनुहुन्छ ।
[email protected]

२०७६ पुस १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: