राजाराम डंगोल, धार्के (धादिङ) – नेपालको ईतिहासमा पहिलोपटक सामुदायिक रेडियो, रेडियो बिच मितेरी सम्बन्ध गाँसिएको छ । गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट रेडियोको भवन सहित प्रशारण उपकरणहरुमा पुर्ण रुपमा क्षति पुगेको अवस्थामा सिन्धुपाल्चोकमा रहेको रेडियो मेलम्ची १०७.२ मेगाहर्ज र धादिङमा रहेको कृषि रेडियो १०१.५ मेगाहर्ज विच मितेरी सम्बन्ध गासिएको हो । भुकम्पबाट रेडियोमा पुर्ण क्षती भएको अवस्थामा पालबाट आफ्नो प्रशारण गरिरहेका यि दुई रेडियो बिच शोकलाई शक्तिमा बदल्ने उदेश्यका साथ मितेरी सम्बन्ध गासिएको हो ।
कृषि रेडियोको प्राङ्गण मा एक कार्यक्रम गरि सिन्धुपाल्चोकको रेडियो मेलम्ची र धादिङको कृषि रेडियो बिच मित लगाइएको हो । मित लगाएपछी रेडियो मेलम्चीका अध्यक्ष सरोज ढुङ्गाना र कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेल ले रेडियोको मितेरी सम्बन्ध स्वरुप रेडियो प्रशारणका लागी आवश्यक सामाग्री एक अर्काबिच उपहार स्वरुप साट्नु भएको थियो । मित लगाउने कार्यक्रममा रेडियो मेलम्चीको तर्फवाट कृषि रेडियोलाइ हार्डडिस्क र कृषि रेडियोको तर्फवाट रेडियो मेलम्चीको लागि माइक्रोफोन उपलव्ध गराइएको थियो । कार्यक्रम पछी बोल्दै रेडियो मेलम्चीका अध्यक्ष ढुङ्गानाले आगामी दिनमा मित मित बिचको सम्बन्धलाई सुदृढ बनाउनका लागी कार्यगत एकता गर्दै उत्पादित कार्यक्रम पनि दुवै रेडियोले प्रशारण गर्ने बताउनु भयो ।
कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले रेडियो रेडियो विचको मितेरी सम्वन्धले कर्मचारी आदानप्रदान, कार्यक्रम प्रशारणका साथै यो विपतको अवस्थामा कार्यगत एकताको लागि महत्वपूर्ण भुमिका खेल्ने वताउनुभयो । धुनिवेसी सामुदायीक कृषि सञ्चार केन्द्रका अध्यक्ष उपेन्द्र अधिकारीले रेडियो रेडियो विचको मितेरी साइनोले सम्वन्ध थप सुमधुर हुने वताउदै अरु रेडियोसगं पनि मित लगाउन रेडियोहरुले कोशिस गर्नुपर्ने वताउनुभयो ।
रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले रेडियो रेडियो विचको मितेरी सम्वन्धले काम गर्न थप हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ ।