Mon. Jul 13th, 2020

खुर्सानीको प्रयोगले मुटुलाई फाइदा

१७ पुस , धादिङ –

खुर्सानी हाम्रो भान्सामा मसला तथा अचारको रुपमा प्रयोग गरिन्छ। पीरो अचार खाने त सबैको बानी नै छ। अझ अकबरे खुर्सानीलाई त स्वास्थको लागि फाइदा पुग्ने बताइन्छ ।

एक अध्ययनका अनुसार नियमित खुर्सानीको सेवनले मुटु रोग तथा स्ट्रोकबाट बचाउने देखिएकोछ । यसका लागि इटालीमा करिब ८ वर्षको अवधिमा २३ हजार मानिसहरुमा अध्ययन गरिएको थियो। अध्ययन खुर्सानी खाने र नखानेकाबीच गरिएको थियो।

अध्ययनमा हप्तामा कम्तीमा ४ पटक खुसार्नाी खाने मानिसमा हर्ट अट्याक हुने सम्भावना ४० प्रतिशत कम रहेको पाइयो भने स्ट्रोकको सम्भावना पनि कम रहेको पाइयो। यो अध्ययन अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित छ।

जर्नलका लेखक मरिया लौरा बानाकियो भन्छन्,‘यसको रमाइलो कुरा त के छ भने अध्ययनमा खुर्सानीले मृत्युको जोखिम पनि कम गराउने बताउँछ।’उनी भन्छिन्, ‘कसैले एकदमै स्वस्थ्यकर खाना मनपराउलान् जस्तै सी(फुड, तर ठिक्क मात्रामा खुर्सानी खानु राम्रो हो।’

महामारी तथा नियन्त्रण शाखाका निर्देशक लिसिया इयाकोभिलोका अनुसार चीन, अमेरिका तथा अरु ठाउँमा खाइने क्यापसिकम प्रजातिका खुर्सानीले स्वास्थ्यको लागि सुरक्षात्मक तथा लाभदायक हुन्छन्।डाइटिसियन डोयन मेलर भने अध्ययन रोचक भएतापनि खुर्सानी खानु र स्वास्थ्यको फाइदाको सम्बन्ध खासै देखाउँदैन।

उनका अनुसार खुर्सानी खानामा कति र कसरी प्रयोग गरेर खाइयो त्यसमा भर पर्छ। जसले धेरै खुर्सानी खान्छ उसले मसालाहरुको पनि धेरै प्रयोग गरिरहेको हुन्छ। खुर्सानीले खानलाई स्वादिलो बनाएपनि यसले स्वास्थ्यलाई भने निकै कम मात्रामा फाइदा पुर्याउने देखिन्छ ।

२०७६ पुस १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: