Sat. Jul 4th, 2020

विप्लव धादिङका जिल्ला सेक्रेटरी गुरुङद्धारा पार्टी परित्याग

१८ पुस, धादिङ –


नेकपा माओवादी (विप्लव समूह) धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङले पार्टी परित्याग गरेका छन् । गुरुङ साढे छ लाख धरौटी रकम बुझाएर रिहा भए लगत्तै पार्टी परित्याग गरेका हुन् ।

सदरमुकाम धादिङबेसीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आफू रिहाई भएको र पार्टी पनि परित्याग गरेको बताए । उनले एउटा विचार बोकेर विप्लव पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय थिए अब पार्टीले दिएको सबैखाले जिम्मेबारी छाडी स्वतन्त्र जीवनयावन गर्ने बताए । आफू विप्लव पार्टीमा कृयाशिल हुदाँ गरिएका क्रियाकलापले कोहि कसैलाई असर पुगेको भए आफुलाई क्षमा दिन पनि पत्रकार सम्मेलन मार्फत अनुरोध समेत गरे ।

गुरुङ गत भाद्र ३० गते धादिङ काठमाडौ सिमा नाका नागढुङगाबाट प्रकाउ परेका थिए । ३ महिना १८ दिन थुनामा बसेका गुरुङ जिल्ला अदालतमा साढे छ लाख धरौटी बुझाएर रिहा भएका हुन । गुरुङलाई प्रहरीले धादिङमा विप्लव समुहले गरेको आगजनी, तोडफोड र बम आतङक लगायत १ दर्जन भन्दा बढी घटनामा मुख्य अभियुक्त बनाएर पक्राउ पछि मुद्दा दायर गरेको थियो ।

२०७६ पुस १८ गते प्रकाशित

Loading...