Sat. Jan 18th, 2020

एक सय ११ जनाले गरे रक्तदान


१९ पुस, धादिङ –


मुक्तिनाथ बिकास बैँक लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा एक सय ११ जनाले रक्तदान गरेका छन् ।

बैकको चौँधौँ बार्षिकोत्सबको अबसरमा शाखा कार्यालय, धादिङबेशीको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा २२ जना महिला तथा ८९ जना पुरुषले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा बैकका कर्मचारी, ग्राहक, स्थानिय बासिन्दाहरुले रक्तदान गरेका थिए ।

बैँकले आफ्नो १४ औँ स्थापना दिबसको अबसर पारेर सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर ६ ठाँउमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको बैँकका धादिङ क्लस्टर प्रमुख सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

२०७६ पुस १९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: