Sat. Jan 18th, 2020

सुन चाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको

२२ पुुस , काठमाडौ –

नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार ५ सयले घटेको छ। आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।तेजावी सुन ७५ हजार २ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ५ सयले बढेर ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो।

२०७६ पुस २२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: