Fri. Jul 19th, 2024

भूकम्पले भत्केका घरमा निशुल्क मिटर बक्स जडान गर्ने

miterbox
धादिङ – भुईचालोले भत्केका घरमा परेर नष्ट भएका बिजुली मिटर नेपाल विद्युत प्राधिकरणले निःशुल्क जडान गरिदिने तयारी गरेको छ । सर्बसाधारण ग्राहकलाई विद्युत प्राधिकरण धादिङले राहत स्वरुप मिटर बक्स निशुल्क दिने लागेको हो ।

धादिङका भुकम्प पिडित ग्राहकको हकमा राहतस्वरुप प्राधिकरण आफैँले मिटर किनेर जडान गरिदिने भएको हो । प्रारम्भिक तथ्याङक अनुसार अहिले सम्म धादिङ जिल्लामा १ सय ओटा मिटर नष्ट भएको निवदेन आएको विद्युत प्राधिरण जिल्ला शाखा धादिङले जनाएको छ । भूईचालोले घर भत्केर मिटर ध्वस्त भएका ग्राहकलाई राहतस्वरुप नया मिटर जडान तथा मर्मतको सुविधा दिन लागिएको प्राधिरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो । घर भत्केका वा मिटरमा क्षती पुगेको ग्राहलाई प्राधिकरणले तोकेको निकायबाट सिफारीस ल्याउन समेत जिल्ला विद्युत प्राधिकरणका प्रमुख मनोज कुमार झाले आग्रह गर्नुभएको छ ।

जिल्लामा यतिनै मात्रमा मिटर क्षती भएको भन्ने बारे अहिले सम्म तथ्याङक आईनसकेको झाले बताउनु भयो । गाउँमा घर भत्किएपनि मिटरमा धेरै क्षती नपुगेको समेत उहाँले दावी गर्नुभयो । अहिले एउटा मिटरको मुल्य १ हजार ३ सय ९० रुपैया र जडान खर्च १ सय ९० रुपैयाँ पर्छ । यस्तै घर ध्वस्त भई पुनःमिटर जडान गर्न नसक्ने गा्रहकलाई पुरानै कागजातकै आधारमा निःशुल्क मिटर जडान गरिने छ । नयाँ मिटर जडान गर्नुपर्ने भएका यसका लागि न्युनतम शुल्कसमेत तिर्न नपर्ने गरी लागत खारेज गरिने मापदण्ड तथा योजना बनाईएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: