Fri. Apr 19th, 2024

चोरीको स्कुटरसहित धादिङमा एकजना पक्राउ

२३ पुस, धादिङ


चोरीको स्कुटरसहित धादिङमा एकजना पक्राउ परेका छन् । पुस २० गते पोखराको लेकसाईडबाट ग ४ प ७२६१ नंको स्कुटर चोरी गरी धादिङ हुदै काठमाण्डौतर्फ लैजादै गरेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेनिघाटमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त स्कुटर तथा स्कुटर चोरी गर्ने व्यक्ति फक्राउ गरेको हो । मुग्लिङ्गतर्फवाट काठमाण्डौ जाने उदेश्यले हाकी ल्याएको अवस्थामा उक्त स्कुटर चोरी गर्ने कार्यमा संलग्न कैलाली जिल्ला गोदावरी नपा अन्र्तगत अत्तरीया घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. २४ पामे वस्ने १८ वर्षीय कमल गिरीलाई स्कुटर सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान एवं कारवाहीको लागि वप्रका वैदाम कास्की पोखरामा पठाईएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिए ।

२०७६ पुस २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: