Sat. Jan 18th, 2020

इरानमा विमान दुर्घटना १७० को मृत्यु

२३ पुस , तेहरान –

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको मृत्यु भएको छ ।तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखे

प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो।

विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताए।
विमानमा इरानी सञ्चारमाध्यमले यसअघि १८० जना सवार रहेको बताए पनि पछि भने उक्त संख्या १७० रहेको पुष्टि भएको छ।

२०७६ पुस २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: