Sat. Jan 18th, 2020

फेरि सुनको भाउ १ हजारले बढ्यो

२३ पुस , काठमाडौ –

नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ।बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन तोलामा ५ सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ। सुन चाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो।

२०७६ पुस २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: