Tue. Apr 16th, 2024

आज र भोलि वर्षा , हिमपात

२३ पुस , काठमाडौ –

पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् ।

मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो। दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ। ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भागहरुमा भने शुक्रबारदेखि सुधार आउनेछ’ नगरकोटीले कान्तिपुरसित भनिन्, ‘शनिबारदेखि देशैभर मौसममा सुधार आउनेछ।’

हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ। यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ। अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो।

अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ। मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम वायुकै कारण भित्रिन्छ। मनसुन अवधिमा भने पूर्वी वायु सक्रिय हुन्छ।

उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ। वर्षाले बाली लगाउन सहज हुने भएकाले किसान भने हर्षित छन्।

२०७६ पुस २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: