Fri. Mar 29th, 2024

सूचना आयोगका पूर्व प्रमुख आयुक्त र आयुक्तहरुलाई धादिङबेसीमा सम्मान


२४ पुस, धादिङ


राष्ट्रिय सुचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, पूर्व आयुक्त किरण कुमार पोखरेल र यशोदा तिम्सिनालाई धादिङबेसीमा सम्मान गरिएको छ । बुधबारबाट राष्ट्रिय सुचना आयोगको कार्यकाल सकिएसगै ५ वर्षभित्र गरेको कामको प्रशंसा गर्दै बिहिबार नेपाल पत्रकार महासंघ धादिङले एक कार्यक्रम गरि सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले संविधानअनुसार देशमा शिक्षा र स्वास्थ्यको व्यापार अन्त्य गर्नुपर्ने बताए । सरकारले आधारभूत शिक्षा र स्वास्थ्यलाई निशुल्क गरेको अवस्थामा ती क्षेत्रमा भएका व्यापारको अन्त्य हुन जरुरी रहेको बताए । यदि नेपाल बदल्ने हो भने यहा रहेका मदिरा उद्योग क्षतिपूर्ति दिएर बन्द गर्न आवश्यक रहेको बताए । रोजगारीको खोजीमा हजारौ युवाहरु विदेश पलाएन भएका छन् । यसको निरन्तरताले कालान्तरमा देशले ठुलो संकट व्यहोर्न सक्ने भन्दै युवाहरुको लागि देशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने बताए ।

यसको लागि हरेक स्थानीय तहले आ–आफ्नो हैसियतअनुसार युवाहरुलाइ लक्षित गरि रोजगारीको व्यवस्था गर्न जरुरी रहेको बताए । यस्तै काम गर्दै जाँदा विभिन्न कमिकमजोरी हुन्छन् तर ती कमिकमजोरीलाई सच्चाएर अघि बढ्न जरुरी रहेकोमा जोड दिए । यस्तै कार्यक्रममा आफ्नो कुरा राख्दै पूर्व सुचना आयुक्त किरण कुमार पोखरेलले पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरुले विभिन्न आलोचना खेपिरहेको अवस्थामा यसको समाधानको एउटै बाटो भनेको नागरिकलाई पारदर्शी रुपमा सुचना प्रवाह गर्नु नै रहेको बताए ।

सार्वजनिक चासोको विषय, जनताको बजेट जनतालाई पारदर्शी रुपमा सुनाउन सके यसले जनप्रतिनिधिमाथि विश्वास गर्न सक्ने वातावरण सृजना हुनेसमेत पोखरेलले बताए । यस्तै अर्का पूर्व सुचना आयुक्त यशोदा तिम्सिनाले हरेक क्षेत्रमा सुचनाको हक कार्यान्वयन भए मात्र लोकतन्त्र कार्यान्वयनमा सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले धादिङमा अझै पनि सुचनाको हक कार्यान्वयनमा समस्या भएको गुनासो गरेका थिए ।

२०७६ पुस २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: