Sat. Oct 12th, 2024

हाम्रो हात सधैँ जनताको भलाईका लागि हो

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु यतिखेर भूकम्पपछि भत्किएका विद्यालय तथा घरहरुको अस्थायी टहरा निर्माणमा जुटेका छन् । भुकम्पबाट बढी प्रभावित १४ जिल्लाहरुमा स्वंयसेवक खटाइएको हो । धादिङमा पनि अनेरास्ववियुका स्वंयसेवकहरु मिलेर भत्किएका विद्यालयहरुको पूननिर्माण तथा अस्थायी टहरा निर्माण कार्य गरिरहेका छन् । भूकम्पबाट माटो र ढुङगाले बनेका विद्यालयहरु बढी प्रभावित बनेको छ । धादिङ जिल्लामा रहेका धादिङ जिल्लाभर ५ सय ८७ विद्यालयमा रहेका ५ हजार ४ सय २६ वटा कक्षाकोठा मध्येमा २ हजार ४८ कक्षाकोठा पूर्ण रुपमा क्षति भएका छन् भने ७ सय ३१ कक्षाकोठा प्रयोग गर्न नमिल्ने र १ हजार १ सय ६० कक्षाकोठामा सामान्य क्षति भएको छ । त्यस्तै विद्यालयमा रहेको २ सय ७९ वटा शौचालय र २ सय ३० खानेपानीका धाराहरुमा क्षति पुगेको छ । जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालय, ५ सय २१ बालबाविकास केन्द्र र ५५ वटा संस्थागत विद्यालयहरु प्रभावित भएको तथ्याङक छ । क्षति भएका विद्यालयहरुको पूर्ननिर्माणमा जुट्नुभएका अनेरास्ववियुका केन्द्रिय सचिव राधिका खतिवडासँग गरिएको कुराकानी :

radhika

अनेरास्ववियुले निर्माण गर्दै आएको अस्थायी टहरा तथा विद्यालय पूर्ननिर्माण अभियानको बारेमा बताइदिनुस् न ?
बैशाख १२ गते गएको महाभूकम्पपछि भत्किएका विद्यालयहरुको पूर्ननिर्माणका लागि अनेरास्ववियुले १२ वटा जिल्लाका भूकम्प प्रभावित जिल्लाहरुमा १२ वटा टोली बनाएर अभियान चलाएका छौँ । भूकम्पबाट प्रभावित भएका जनताहरुको घाउमा मलम लगाउने उद्देश्यले अभियानको आयोजना गरेका हौँ । खास गरी विद्यालय निर्माण तथा घर टहराकोे निर्माण गर्नका लागि मेरो नेतृत्वमा हामी अनेरास्ववियुका विद्यार्थी टोलीहरु धादिङ जिल्लामा खटेका छौँ । बढी प्राथमिकता विद्यालयहरुलाइ दिएका छौँ । अहिलेसम्म १० वटा विद्यालयहरुमा अस्थायी टहरा निर्माणका कार्यहरु गरीसक्यौँ । भूकम्पबाट खासगरी सानासाना बालबालिकाहरु, विद्यार्थीहरु प्रभावित भएका छन् त्यसैलाई मध्यनजर गर्दै अभियानलाई अघि बढाएका हौँ ।

यो अभियान कहिलेदेखि कहिलेसम्म हुन्छ ?
खास त हामी विद्यार्थीहरुको हक, अधिकारका लागि सदैव लडिरहन्छौ । भूकम्पपछि हामीले विद्यार्थीहरुमा देखिएको यस्ता समस्याहरुलाई हल गर्न लागि प¥यौँ । बैशाख १२ गते भूकम्प गएको भोलिपल्ट देखि नै हामीले विभिन्न उद्धारका कार्यहरु गरिरहेका छौँ । देशभरका विभिन्न जिल्लाहरुमा ब्लड डोनेसन कार्यक्रम सञ्चालन गरी भूकम्पबाट घाइते भएकाहरुलाई सहयोग गरेका थियौँ । बैशाख २५ गतेदेखि यो अभियानलाई सुरुवात गरेका हौँ । यो अभियान एक महिनासम्म चल्नेछ । हामीले सबैभन्दा पहिले अनेरास्ववियुको इतिहासमा धादिङ जिल्लामा भूकम्पपछि पहिरो विद्यालय निर्माण गरेका छौँ । थाक्रेमा रहेका बाराही प्राविमा हाम्रा स्वंयसेवक मिलेर बनाएको विद्यलय हामीले त्यस विद्यालयका प्रधानाध्यपकलाई हस्तान्तरण गरेका छौँ ।

भूकम्पपछि अनेरास्ववियुले के के ग¥यो ?
बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हामीले भोलिपल्ट नै हाम्रो संगठनको बैठक बसेर जिम्मेबारी बाँडफाँड ग¥यौँ । हामीले तीन चरणमा काम ग¥यौँ । पहिलो चरणमा भूकम्पबाट घाइते भएकाहरुलाई उद्दारका कार्य ग¥यौँ । दोस्रो चरणमा सरसफाई राहत वितरण कार्यमा जुटेका थियौँ । त्यस पछि अहिले हामी विद्यललयको पूर्ननिर्माणमा जुटेका छौँ । हाम्रो हातहरु सधैँ जनताका भलाईमा सरिक हुनेछ ।

धादिङ जिल्लामा कति जना स्वंयसेवक परिचालित छन् ?
हामीले धादिङको तीन वटा क्षेत्रमा छुट्टाछुट्टै समूह बनाएर परिचालित गरेका छौँ । क्षेत्र नं १ मा १ सय ६ जना, क्षेत्र नं २ मा ६७ जना र क्षेत्र नं ३ मा ४४ जना स्वंयसेवकहरु परिचालित गरेका छौँ । यसमा सबैभन्दा बढी विद्यार्थीहरु नै हुनुहुन्छ ।

विद्यालय पूर्ननिर्माणका लागि आवश्यक सामानहरु कहाँबाट जुटाउदै हुनुहुन्छ ? 
मुख्यतयाः हामीले स्कुल निर्माणका लागि आवश्यक सामानहरु हामीले जुन स्कुल बनाएका छौँ त्यसह स्कुलबाट लिन्छौँ । जुन स्कुल भवनहरु भत्किएका छना् । भत्किदाखेरी तलका ढुङगा, काठहरु काम नलाग्ने भएका छन् तर स्कुलका जस्ताहरु करीब करीब सबैलाई हामीले पूनप्रयोग गरेका छौँ । विद्यालयको पूर्ननिर्माणका लागि हामीले पूराना सामानहरुलाई नै पूनप्रयोग गरेका छौँ । बन्चरो, कोदालोहरु पनि वरपरका स्थानीयहरुको प्रयोग गरेका छन् । भवन निर्माण गर्न चाहिने काठ, बाँस लगायतका सामानहरु नजिकैको जंगलबाट ल्याउने गरेका छौँ ।

अहिलेसम्म कुन कुन विद्यालयहरुको पूर्ननिर्माण गर्नुभयो ?
हामीले सबैभन्दा पहिले थाक्रेमा रहेक बाराही प्राविको पूर्ननिर्माण गरेका थियौँ । र त्यसपछि उडुवादेवी प्रावि थाक्रेको विद्यालयमा टहरा निर्माण ग¥यौँ । सल्यानटार गाविसमा रहेको सल्यानटार उमावि, ग्लोबल युनाइटेड स्कुल, भीमोदय उमावि, चुनीदेवी माविको पुर्ननिर्माण गरिसकेका छौँ । त्यसैगरी नीलकण्ठ नगरपालिका भित्र रहेका गायत्रीदेवी प्रावि, किवो बोर्डिङ स्कुल, पाल्पा सामरी भन्ज्याङ प्रावि, देउराली माविमा अस्थायी टहरा निर्माण गरिसकेका छौँ । त्यसैगरी सल्यानटारमा रहेका प्राथमिक स्वास्थ्य चौकीको पनि पुर्ननिर्माण गरेका छौँ । त्यस्तै ४ जना स्थानीयहरुलाई अस्थायी टहरा निर्माण गरिदिएका छौँ ।

विद्यार्थी तथा विद्यालयका शिक्षक, प्रधानाध्यापकको प्रतिक्रिया कस्तो छ ? 
हाम्रो कामलाई सबैले सकारात्मक रुपमा लिएका छन् । हामीले बनाएका विद्यालयका भवनहरुमा बैशाख १७ गतेदखि विद्यालय सञ्चालन गर्ने भनिएको छ । विद्यार्थीहरु पनि विद्यालन जान पाउदा खुसी छन् भने शिक्षकहरु पनि विद्यालयको पूर्ननिर्माणको कार्य देखेर खुसी व्यक्त गर्नु भएको छ ।

अन्त्यमा
यो हामीले जनताको जीवनलाई सामान्य बनाउनका लागि हामीले यस्ता कामलाई जारी गरिरहेका छौँ । हामीले विद्यालय मात्र होइन पीडितका घरहरुको पूर्ननिर्माण, आवश्इक पर्नेहरुलाई जस्तापाता पनि वितरण गरेका छौँ । स्वास्थ्य चौकीको पूर्ननिर्माणमा पनि हामीले हात चालेका छौँ ।

प्रस्तुती : सरिता श्रेष्ठ

 

 

 

About The Author

अन्य समाचारहरु: