Sat. Jul 4th, 2020

मिस एण्ड मिसेस धादिङ आइडल २०२० को उपाधि श्रेष्ठ र तामाङलाई


२६ पुस, धादिङ –

मिस एण्ड मिसेस धादिङ आइडल २०२० को उपाधि रोहान्सा श्रेष्ठ र रेखा तामाङले जितेकी छन् ।

धादिङबेसीमा शनिबार सम्पन्न प्रतियोगीतामा १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले मिस धादिङ आइडलको उपाधि हात पारेकी हुन् भने १० प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस धादिङ आइडलको उपाधि तामाङले हात पारेकी हुन् ।

प्रतियोगीताको मिस धादिङ आइडल तर्फको फष्ट रनरअफ अमिसा सिलवाल बनिन् भने सेकेण्ड रनर अफ अरुणा लामा श्रेष्ठ बनिन् । त्यस्तै मिसेज तर्फ फष्ट रनरअफ शर्मिला श्रेष्ठ बनिन् भने सेकेण्ड रनर अफ पविता तामाङ श्रेष्ठ बनिन् ।

प्रतियोगीता अमेजन इन्टरटेडमेन्टले आयोजना गरेको हो ।


२०७६ पुस २६ गते प्रकाशित

Loading...