Sun. Sep 20th, 2020

रवि ओड विवाह गर्ने तयारीमा

२८ पुस , धादिङ –

चर्चित गायन रियालिटि शो नेपाल आइडलको सिजन २ विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा उनले बताएका छन् ।

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन । मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नो देशमा बगोस उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्यौली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् । बाज्याले अछामी मौलीक गितहरू गाउने गरेको उनि बताउछन । तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ। यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन ।

२०७६ पुस २८ गते प्रकाशित

Loading...