Sat. Jul 4th, 2020

साउदीमा नेपाली युवकको मृत्यु

२८ पुस , राजविराज –

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपाली युवकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजले जनाएको छ ।

उनी वैशाख २६ गते ुवर्क कोर्स साउदिया इस्ताक्दमु कम्पनीमा काम गर्न साउदी अरब गएका थिए । काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनीसँगै काम गर्ने श्रीप्रसाद मुखियाले जानकारी दिएको मृतकका दाजु महेन्द्र खंग खत्वेले बताए ।

२०७६ पुस २८ गते प्रकाशित

Loading...