Fri. May 29th, 2020

प्रदेश सरकारका लेखा अधिकृत घुससहित पक्राउ

२९ पुस , काठमाडौ –

साविक ३ नम्बर प्रदेश बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय ९ललितपुर० का लेखा अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । लेखा अधिकृत विष्णुहरी पुडासैनी २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग घुसलिईसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

२०७६ पुस २९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: